अफगान प्रधानमन्त्रीको आह्वानः तालिवानलाई औपचारिक मान्यता देऊ-Sutra News

अफगान प्रधानमन्त्रीको आह्वानः तालिवानलाई औपचारिक मान्यता देऊ

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले लालिवानलाई मान्यता दिन मुस्लिम देशहरुलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिावानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएका छैनन् ।



‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्न मुस्लिम देशहरुलाई आह्वान गर्छु । त्यसपछि हामीले चाँडै विकास गर्छौ भन्ने मैले आशा गरेको छु,’ राजधानी काबुलमा आयोजित सभालाई सम्बोधन गर्दै अखुन्दले भने । अधिकांश देशहरुले तालिवानलाई अझैपनि अतिवादी समूहका रुपमा हेरेका छन् ।

सन् १९९६ देखि सन् २०११ मा पहिलो पटक सत्ता सम्हाल्दा तालिवानले मानवअधिकार उल्लंघनमा रेकर्ड नै तोडेको थियो । दोस्रो कार्यकालमा तालिवानले सत्ताको वागडोर कसरी हाँक्छ भनेर अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निहाल्दै आएको छ ।

विपक्षीप्रति नम्र र प्रजातान्त्रिक ढंगले शासन गर्ने प्रचार गरेपनि तालिवानले महिलामाथि चरम विभेद गरेको छ । सरकारी सेवामा कार्यरत महिलालाई घरमै बस्न भनिएको छ भने माध्यामिक तहका छात्रालाई विद्यालय जानबाट रोक लगाइएको छ ।

अफगानिस्तानमा आर्थिक र मानवीय संकट चुलिएको विभिन्न अध्ययन प्रतिवेदनहरुले दर्शाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट