कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा, ११ हजार बढी संक्रमित-Sutra News

कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा, ११ हजार बढी संक्रमित

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

मुलुकमा कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभर थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट