लमजुङमा एकैदिन ४६ जना संक्रमित थपिए-Sutra News

लमजुङमा एकैदिन ४६ जना संक्रमित थपिए

बुधबार, ५ माघ २०७८

बुधबार, ५ माघ २०७८

लमजुङमा बुधबार एकैदिन ४६ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन परीक्षण गराएका बेसीशहर, सुन्दरबजार, मर्स्याङ्दी, दोर्दी र राइनास नगरपालिकाका ४० जना र जिल्लाबाहिरका ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो  । संक्रमण पुष्टि हुनेहरूमा बेसीशहर नगरपालिका अन्तर्गतका १६ जना रहेका छन् भने सुन्दरबजार नगरपालिकाका १८ जना रहेका छन् ।



यसैगरी मर्स्याङ्दी र दोर्दी गाउँपालिकाका तीन/तीन जना, राइनास नगरपालिकाका एक जना, भानु ११ तनहुँका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कास्की, रुपन्देही र कालिकोट घर भई हाल लमजुङ बस्ने एक/एक जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण अनुसार ०७८ वैशाख १ गतेदेखि हालसम्म जिल्लामा ३ हजार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये हालसम्म २ हजार ९ सय ६२ जना कोरोना मुक्त भएका छन् भने ३९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिले १ सय ३० जना सक्रिय संक्रमित रहेको र अधिकांश संक्रमित होम आइसोलेसनमा रहेको प्रशासनले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट