स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित-Sutra News

स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ ।



बुधबार राति भएको  खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए ।

प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो ।

जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो ।

जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट