इक्यान ललितपुरले शैक्षिक मेला आयोजना गर्ने-Sutra News

इक्यान ललितपुरले शैक्षिक मेला आयोजना गर्ने

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ललितपुर शाखाले पहिलो पटक बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । संस्थाको नवनिर्वाचित पहिलो कार्यसमिति बैठकले शैक्षिक मेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष उपेन्द्रदेव ढकालले जानकारी दिए ।



तर कोभिडको तेस्रो लहर सुरु भएका कारण मेला आयोजवनाको मिति नतोकिएको ढकालले बताए । उनले भने- ‘मिति तय गरिएको छैन, फागुनको अन्तिम साता वा चैतको पहिलो हप्तामा मेला आयोजना गर्न सकिन्छ कि भनेर साथीहरुसँग छलफल गरिरहेका छौं ।’

ललितपुर जिल्लालाई शैक्षिक परामर्श हबका रुपमा स्थापित गर्न र ललितपुरमा पनि शैक्षिक मेला संचालन गर्न सकिन्छ भन्ने उदेश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष ढकालको भनाइ छ ।

मेलामा ललिपुरमा रहेको स्कुल, कलेज, शैक्षिक परामर्श दातृ संस्था, इन्स्टिच्युट लगायतको सहभागीता रहने छ बताइएको छ । स्वदेशी मात्रै नभई विदेशी कलेज तथा युनिभर्सिटीहरुको समेत मेलामा सहभागीता रहने इक्यान ललितपुरका उपाध्यक्ष अरविन्दकुमार सिंहले जानकारी दिए ।

जावलाखेल आसपास क्षेत्रमा आयोजना हुने मेलामा करिब १ सय ५० स्टलहरु रहनेछन् । मेलालाई करिब ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा विद्यार्थीहरुले आफूले पढ्न चाहेको विषय, कलेज, युनिभर्सिंटी साथै लागत र विद्यार्थीले जान्न चाहेका सम्पूर्ण कुराहरु सम्बन्धीत विज्ञबाट जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट