पहिलो मल्पी फुटसल कप सफलतापूर्वक सम्पन्न-Sutra News

पहिलो मल्पी फुटसल कप सफलतापूर्वक सम्पन्न

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

मल्पी इन्टरनेशनल कलेजले ए सीआई ई र साउदर्न क्रस युनिभर्सिटीको सहकार्यमा पहिलो मल्पी फुटसल कप सफलतापूर्वक सम्पन्न गरेको छ । मल्पी इन्टरनेशनल कलेजले ९ जनवरी, २०२२ मा प्लस २ का विद्यार्थी र स्नातकहरूका लागि पहिलो एमआइसी फुटसल प्रतियोगिता, २०२२ को आयोजना गर्यो ।



उक्त प्रतियोगीतामा विभिन्न कलेजहरू र हाम्रा सहयोगीहरू सहित गरेर ५० भन्दा बढी टोलीहरूले भाग लिए । मल्पी इन्टरनेशनल कलेजको स्टुडेन्ट बडी– सेन्टर अफ स्पोर्ट्स एण्ड हबीले ए सी आई ई (अन्तर्राष्ट्रिय शिक्षाका लागि सल्लाहकार केन्द्र) र अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी मुख्य क्याम्पसको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगीतामा याला एफसी ब्रोजाले प्रथम र टिम ए सी आई ई उपविजेता रह्यो । । ग्रोजा एफ सीका रोशन खड्का उत्कृष्ट खेलाडी र टिम ए सी आई ईका पंकेश भुल उत्कृष्ट गोलकिपर घोषित भए । यसैगरि आयुष कुँवरले ८ गोल गरि सर्वाधिक गोल कर्ता भए ।

यस कार्यक्रमलाई सोल्टी होटल्स लिमिटेड, युनाइटेड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, फक्सवागन, एनआईबिएल एस क्यापिटल, सिद्धार्थ बैंक, कामनासेवा विकास बैंक लगायतका कम्पनीहरुले समेत प्रायोजन गरेका थिए ।

Meraki Health Solutions ले डाक्टर र नर्स सहित सबै आवश्यक चिकित्सा सेवाहरू उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट