वीरगञ्ज भन्सार कार्यालयबाट उठ्यो झण्डै १ खर्ब ६ अर्ब राजस्व-Sutra News

वीरगञ्ज भन्सार कार्यालयबाट उठ्यो झण्डै १ खर्ब ६ अर्ब राजस्व

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।



यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले एक खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब बढी राजस्व संकलन गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करतर्फ ४१ अर्ब तीन करोड ४५ लाख रुपैंयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार रुपैयाँ र भन्सार महसुल निर्याततर्फ एक करोड ३२ लाख १९ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार रुपैयाँ र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ सात अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय वीरगञ्जले जनाएकोे छ ।

यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ १४ करोड ६८ लाख ९० हजार, स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार, कृषि सुधार शुल्कतर्फ ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ दुई अर्ब ३९ लाख ९५ हजार राजस्व र अन्य आय शीर्षकमा पाँच करोड ५७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट