बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु-Sutra News

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहिबार, ६ माघ २०७८

बिहिबार, ६ माघ २०७८

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउलेक–गर्जे सडकअन्तर्गत बैतडीको सिगास-९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर जिल्ला घर भएका २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



बिहीबार साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल सडकबाट डेढसय मिटर तल खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ गइरहेका थिए । उनी ट्याक्टरका चालकसमेत रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट