प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने-Sutra News

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।



सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधामन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको सम्बोधन कोरोना महामारीको बढ्दो संक्रमण, आगामी चुनाव र अहिलेको राजनीतिक अवस्थाबारे केन्द्रित हुने बुझिएको छ ।

कांग्रेस सभापतिसमेत रहेका देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट