ग्लोबल आइएमई बैंकको ६ महिनामै २ अर्ब ६६ करोड मूनाफा-Sutra News

ग्लोबल आइएमई बैंकको ६ महिनामै २ अर्ब ६६ करोड मूनाफा

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

ग्लोबल आइएमई चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा २ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार ६ महिनाको अवधिमा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।



गत आर्थिक वर्षको ६ दोस्रो त्रैमासको तुलनामा यो मूनाफा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमात्रै मूनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि देखिएको छ ।

प्रतिशेयर आम्दानी २१.४० रुपैयाँबाट २२.३९ रुपैयाँ पुगेको छ । वितरण योग्य मूनाफा बढ्दा प्रतिशेयर आम्दानीमा यसको सकारात्मक असर देखिएको हो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी एक अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

६ महिनाको अवधिमा बैंकको २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात घटेर १.१३ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट