मास्क अभियानमा सिडियो र एसपी नै सडकमा, नमान्नेलाई १ सय जरिवाना-Sutra News

मास्क अभियानमा सिडियो र एसपी नै सडकमा, नमान्नेलाई १ सय जरिवाना

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।



मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा धनुषामा प्रहरी उपरीक्षक बसन्त रजौरे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितले जनकपुर बजारमा आफैँले मास्क वितरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकार पौडेल, उपरीक्षक रजौरेसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क उपलब्ध गराउन आग्रह गरेका थिए ।

‘कोरोनाभाइरसको महामारी बढ्दै गएको छ, तपाईं मास्क लगाएर मात्र घरमा निस्कनु होस्, उपरीक्षक रजौरेले बाटोमा विना मास्क लगाएर हिड्नेलाई मास्क दिँदै भने, ‘मास्क लगाउने बानी बसाल्नुहोस्, त्यसले मसहित अन्य व्यक्तिको पनि स्वास्थ्य सुरक्षाको हिसावले राम्रो हुन्छ । मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डुल गरेमा प्रहरीले जरिबाना काट्छ र पटक पटक यस्तो गल्ती दोहोर्‍याएमा अन्य कारबाही पनि गर्छ ।’

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ । संक्रमण बढ्दै गएपनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट