उपत्यकामा ५२९९ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ४२७९ जना-Sutra News

उपत्यकामा ५२९९ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ४२७९ जना

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा देशभर भने १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट