प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्ष आउँछ, १७७ किलोमिटर सडक कालोपत्रे-Sutra News

प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्ष आउँछ, १७७ किलोमिटर सडक कालोपत्रे

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।



राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले १७७ किलोमिटर सडक कालोपत्रे भएको बताए । उनले भनेका छन्, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए ।

भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट