सम्बोधनमा देउवाले लुकाएका ४ मुख्य विषयहरु-Sutra News

सम्बोधनमा देउवाले लुकाएका ४ मुख्य विषयहरु

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा र भरोसा बढेको बताएका छन् । शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कार्यहरुको जानकारी दिंदै सरकार सही दिशामा अगाडि बढिरहेको र जनतामा आशा र भरोसा बढेको बताएका हुन् ।



उनले भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’

उनले आजको सम्बोधनमा जनताहरुले सुन्न चाहेको कुरा भने केहि पनि बोल्न चाहेनन् । उनी न २४ लाख खोप हराएको विषयबारे बोले न कालापानी लिपुलेक कालापानी सम्बन्धमा बोले ।

प्रतिनिधिसभाका प्रमुख अग्निप्रसाद सापकोटाको भूमिकाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । तर प्रधानमन्त्री देउवाले यस विषयमा कुनै कुरै गर्न चाहेनन् ।

त्यस्तै देउवाले आजको सम्बोधनमा सर्वोच्च अदालतमा भएको विषयमा कुनै मुख मुख नै खोलेनन् । जुन जनताले सुन्न चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट