मन्त्री यादवलाई पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माको सुझाब-Sutra News

मन्त्री यादवलाई पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माको सुझाब

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।



गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा सुझाएका छन् । मन्त्री भूल स्वीकार र क्षमा याचना गर्नुपर्ने वा सम्बन्धित दलले नै राजीनामा माग्नुपर्ने कांग्रेस महामन्त्री शर्माको सुझाव छ ।

बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

मन्त्री यादवको अभिव्यक्तिलाई लिएर आलोचना भए पनि उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा)ले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट