माओवादीमा एमसीसीबारे सुझाव दिन कार्यदल गठन, संगठनात्मक काम टुंग्याउने जिम्मा अध्यक्षलाई-Sutra News

माओवादीमा एमसीसीबारे सुझाव दिन कार्यदल गठन, संगठनात्मक काम टुंग्याउने जिम्मा अध्यक्षलाई

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

नेकपा माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।



पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए । सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उनले बताए ।

‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ’ उनले भने, ‘त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुझाव पर्खिने निर्णय भएको छ ।’

साथै शनिबार पेरिसडाँडामा बसेको बैठकमा तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफलसमेत भएको पूर्वसभामुखसमेत रहेका नेता महराले बताए ।

बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बैठकले बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट