संविधानविद् डा. आचार्य भन्छन्ः न चाँडो न ढिलो, तोकिएकै समयमा निर्वाचन हुनुपर्छ-Sutra News

संविधानविद् डा. आचार्य भन्छन्ः न चाँडो न ढिलो, तोकिएकै समयमा निर्वाचन हुनुपर्छ

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

संविधानविद् डा.भीमार्जुन आचार्यले न चाँडो वा न ढिलो, तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले संविधानमा तोकिएकै समयमा निर्वाचनको गर्नुपर्ने व्यवस्था भएको बताएका हुन् ।



सत्ता गठबन्धनले तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले यस्तो धारणा ल्याएका हुन् ।

उनका अनुसार प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको छ । धारा ८५ ले पाँच वर्ष ननघाइकन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ भनेको अचार्यले जनाएका छन ।

यसैगरी, स्थानीय तहको निर्वाचन पाँच वर्ष समाप्त भएको मितिले छ महिनाभित्र गर्नुपर्ने संविधानले व्यवस्था गरेको आचार्यले बताए ।

‘कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन । दलहरू यसतर्फ नलाग्ने कि ?,’ उनले ट्वीटरमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट