बुद्धको जहाजमा यात्रु बेहोस भएपछि…-Sutra News

बुद्धको जहाजमा यात्रु बेहोस भएपछि…

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

उडानको विषयमा पटकपटक विवादमा परेको बुद्ध एयरको जहाजमा केही दिनअगाडी पनि एउटा खोट देखा पर्यो ।



काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको थियो ।

आज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा नेपालगञ्ज अवतरण गरेको थियो ।

जहाजमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट