वर्षमान पुन सोमबार स्वदेश फर्किने, अब माओवादी पदाधिकारीको टुंगो लाग्ने-Sutra News

वर्षमान पुन सोमबार स्वदेश फर्किने, अब माओवादी पदाधिकारीको टुंगो लाग्ने

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् ।



थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन् । ​

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट