राप्रपालाई निर्वाचन आयोगले भन्यो- विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउनु (पत्रसहित)-Sutra News

राप्रपालाई निर्वाचन आयोगले भन्यो- विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउनु (पत्रसहित)

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

काठमाडौँ । निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पत्र काटेको छ ।



आयोगले दिएको ४ बुँदे निर्देशनको पहिलो बुँदामा विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र तथा राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएको उल्लेख छ ।

पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । आयोगको निर्देशन नेपालको संविधान तथा प्रजातान्त्रिक व्यवस्थाको खिलाफमा भएको उनको टिप्पणी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट