सुनको भाउ ३ सयले घट्यो, यस्तो छ बजार मूल्य-Sutra News

सुनको भाउ ३ सयले घट्यो, यस्तो छ बजार मूल्य

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८
sun

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैंयाँले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट