घट्दै कोरोना संक्रमित, २४ घण्टामा ६ हजार ४६२ जना थपिए-Sutra News

घट्दै कोरोना संक्रमित, २४ घण्टामा ६ हजार ४६२ जना थपिए

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं देशभरी भएको संक्रमितको संख्यामध्ये उपत्यकामा मात्रै ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट