नालीमा फसेर गैंडाको मृत्‍यु-Sutra News

नालीमा फसेर गैंडाको मृत्‍यु

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा खसेर परेर एउटा गैँडा मरेको छ ।



चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतवार दिउँसो साढे ३ बजेतिर गैँडा मरेको अवस्थामा भेटिएको हो ।

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुई वटा चोररसिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ । घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट