आइसोलेशनबाट ओलीले गरे सरकारको कटु आलोचना-Sutra News

आइसोलेशनबाट ओलीले गरे सरकारको कटु आलोचना

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

आइसोलेशनबाटै एमाले अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै सरकारका काम कारबाहीका कटु आलोचना गरेका छन्।



शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा दिएको सन्देशको जवाफ हुने गरी उनले आइतवार प्रेस सम्मेलन गर्ने भनिएको थियो।

विज्ञप्तिमार्फत् ओलीले स्थानीय तहको निर्वाचन पछि सार्न नहुने धारणा दोहोर्‍याएका छन्।

यसअघि सत्ताधारी गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी मङ्सिरमा गर्न प्रस्ताव गरेका थिए।

उनको प्रस्ताव संविधान र कानुनसँग बाझिएको कतिपय संविधानविद्हरूले बताउँदै आएका छन्।

“नेपालको संविधानले जुनसुकै अवस्थामा पनि विघटन नहुने गरी पाँच वर्षे कार्यकाल सहितको स्थानीय तहको व्यवस्था गरेको हो र स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल सकिनु दुई महिना अगावै निर्वाचन गर्नुपर्ने वाद्यकारी व्यवस्था गरेको हो,” एमालेको वक्तव्यमा भनिएको छ।

एमालेले गठबन्धनका नेताहरूले संविधानको गलत व्याख्या गरेर स्थानीय तहको निर्वाचन पर धकेल्न खोजिरहेको आरोप लगाएको छ।

“स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमालेको स्पष्ट, द्विविधारहित र दृढ अडान छ। यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुँदैन,” एमालेले भनेको छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट