सत्ता गठबन्धनद्वारा संयुक्त अपिलको ड्राप्ट तयार-Sutra News

सत्ता गठबन्धनद्वारा संयुक्त अपिलको ड्राप्ट तयार

आइतबार, ९ माघ २०७८

आइतबार, ९ माघ २०७८

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने तयारी गरिएको छ ।



पाँच दलका शीर्ष नेतारुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठवन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गर्न लागेका हुन् । उनीहरुले भोलि वा निर्वाचनका अघिल्लो दिन यस्तो संयुक्त अपिल आह्वानका लागि ड्राफ्ट तयार गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपिल जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् । यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागवण्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट