सांस्कृतिक संघको सदस्यमा फुलारा-Sutra News

सांस्कृतिक संघको सदस्यमा फुलारा

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भीष्मराज फुलारा मनोनित हुनुभएको छ । संघका अध्यक्ष तीर्थ थापाले उनलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको ‘कस्तो भाइरस आयो’, ‘जुनसरी बिलाई गयौं’, ‘हमेशा यो शहरको डेरामा’, ‘भाग्यभित्र जीवन खोज्दै’ को अडियो तथा भिडियो श्रोता दर्शक माझ आइसकेको छ भने ‘आँसु पिउदै’ को भिडियो र ‘वासुदा’ नामक कृति सार्वजनिक हुने क्रममा रहेको छ । फुलाराका सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो ।



फुलारा लिटरेचर फाउण्डेसन नेपालका अध्यक्ष समेत रहेका फुलाराले यतिवेला विश्व नै कोरोना कहरले गालेको बताए । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै स्माट लकडाउन र यातायातमा जोरबिजोर लागु भैसकेकोले यसबाट दैनिक जनजीवनलाई कष्टकर बनाउने भएकोमा साहित्यकार तथा गीतकार फुलाराले चिन्ता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट