चिडियाखाना एक सातालाई बन्द-Sutra News

चिडियाखाना एक सातालाई बन्द

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ । लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो ।



जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन् । उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट