चिकित्सा शास्त्रको सबै परिक्षा स्थगित-Sutra News

चिकित्सा शास्त्रको सबै परिक्षा स्थगित

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने सबै परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको आइओएमले जनाएको छ ।



त्रिभुवन विश्वविद्यालयले पहिले नै परीक्षा स्थगन गर्न भनेपनि आइओएमले भने स्थगनको सूचना निकालेको थिएन । विद्यार्थीहरुले चौतर्फी विरोध गरेपछि परीक्षाको अघिल्लो दिन आइतबार मात्र आइओएमले परीक्षा स्थगन भएको सूचना निकालेको हो ।

आइओएमले अर्को सूचना निकालेर पुनः परीक्षाको नयाँ मिति सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट