धितोपत्र बोर्डले दियो ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति-Sutra News

धितोपत्र बोर्डले दियो ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।



बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।

यस्तै जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको बोर्डले जनाएको छ ।

बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ । यस्तै ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट