कानुन संशोधन गरेर सरकारले चुनावको मिति तोक्न सक्छः काँग्रेस उपसभापति खड्का-Sutra News

कानुन संशोधन गरेर सरकारले चुनावको मिति तोक्न सक्छः काँग्रेस उपसभापति खड्का

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कानुन संसोधन गरेर भएपनि सरकारले निर्वाचनको मिति तोक्न सक्ने बताएका छन् । उनले संविधानसँग बाझिएका कानुनलाई संशोधन गरेर सरकारले चुनावको नयाँ मिति तोक्ने सक्ने बताएका हुन् ।



संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उनले यसबारे आवश्यक गृहकार्य भइरहेको बताए ।

‘संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकारलाई सुझाव दिइएको छ,’ आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी खड्काले भने, ‘सरकारले यसलाई संशोधन गर्छ । त्यसका आधारमा चुनावबारे छलफल गरेर मिति दिन्छ ।’

उनले निर्वाचन आयोगले विद्यमान कानुनअनुसार स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेपनि संविधान र कानुन बाझिँदा संशोधनको आवश्यकता देखिएको बताए । खड्काले भने- ‘निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागेर निर्वाचनको मिति सिफारिस गरेको हो । तर सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रुपमा देखियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट