एनआईसी एशिया बैंकको लाभांश राष्ट्र बैंकद्वारा अस्वीकृत-Sutra News

एनआईसी एशिया बैंकको लाभांश राष्ट्र बैंकद्वारा अस्वीकृत

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

एनआइसी एशिया बैंक लिमिटेडका शेयरधनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नपाउने भएका छन् ।



बैंकको गत कात्तिक ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई दिने प्रस्ताव गरेको चुक्तापूँजीको १५.७८ प्रतिशत लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।

बैंकले कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले ‘कन्जर्भेसन बुफर’ पर्याप्त नदेखिएको भन्दै माघ ९ गते अस्वीकृत गरेको हो ।

जसअनुसार राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले आगामी साधारण सभाबाट पारित गर्ने भनिएको सो प्रतिशत लाभांश रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट