महासचिवको विषयमा पुनले भने- प्रचण्डले माने ठिकै छ, नत्र चुनाव लड्न पनि तयार छु-Sutra News

महासचिवको विषयमा पुनले भने- प्रचण्डले माने ठिकै छ, नत्र चुनाव लड्न पनि तयार छु

सोमबार, १० माघ २०७८

सोमबार, १० माघ २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आफू महासचिवको दावेदार भएको बताएका छन्।



चीनमा उपचार गरेर सोमबार नेपाल फर्किएका पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माने आफू महासचिवको जिम्मेवारी सम्हाल्न तयार भएको बताए ।

विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ। विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’

उनले थपे, चीनमा उपचार गराउँदा मैले त्यहीबाट महासचिव बन्छु भनेर भनेको थिएँ, अहिले प्रचण्डले माने म उक्त पदमा रहेर काम गर्न तयार छु सहमत नभए पनि प्रतिस्पर्धामा जान तयार छु ।’

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।

हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका  पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती पनि फर्किएकी छन् ।

बैंकक र  चीनमा उपचारको करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् ।
र छोरी शीला फर्किएका छन् ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।

नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट