महासचिवमा दाबी गरेका पुन एकाबिहानै प्रचण्ड निवास खुमलटारमा-Sutra News

महासचिवमा दाबी गरेका पुन एकाबिहानै प्रचण्ड निवास खुमलटारमा

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड  भेट्न आज बिहानै खुमलटार पुगेका छन् ।



चीनमा उपचार गरेर फर्केको भोलिपल्ट बिहान नै उनी प्रचण्डलाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

त्यस क्रममा अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। ​

उनले हिजो त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै आफू महासचिवको दाबेदार भएको उल्लेख गरेका थिए ।

उनी प्रचण्डले आफूलाई महासचिव बनाउने कुरामा लगभग ढुक्क छन् । प्रचण्डले नमाने आफू चुनाव लड्न पनि तयार भएको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट