युक्रेनको सहयोगका लागि ८ हजार अमेरिकी सेना तयारी अवस्थामा-Sutra News

युक्रेनको सहयोगका लागि ८ हजार अमेरिकी सेना तयारी अवस्थामा

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।



युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरुसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रुसविरुद्ध सामूहिक रणनीति अप्नाउने विषयमा छलफल भएको थियो ।

पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थिति रहेको क्षेत्रमा तनाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन् ।

यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट