नयाँ रियालिटी शो, ‘सिंगरः सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख-Sutra News

नयाँ रियालिटी शो, ‘सिंगरः सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो थपिने भएको छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगरः सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुने भएको हो ।



डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विजेताले नगद पुरस्कार २५ लाखसहित कार र एक गीति एल्बम रेकर्डको मौका पाउनेछन् । ‘नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन्’, उनले भने ।

आगामी नयाँवर्षको अवसर पारेर वैशाखबाट सुरु हुने नेपाल नेटवर्क टेलिभिजनमा यो शो प्रसारणमा आउनेछ । फ्रेन्चाइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट