सुन तोलाको ५ सयले बढ्यो, यस्तो छ बजार भाउ-Sutra News

सुन तोलाको ५ सयले बढ्यो, यस्तो छ बजार भाउ

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८
sun

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा म‌ंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट