राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ बाहेक अन्यमा मतदान नगर्ने-Sutra News

राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ बाहेक अन्यमा मतदान नगर्ने

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भोली माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।



राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।

‘‍‍‍‘अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो’ महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट