महोत्तरीमा ३ महिनामा २१ हजार ५ सय सवारीसाधनमाथि कारबाही, ८४ लाख बढी राजस्व संकलन-Sutra News

महोत्तरीमा ३ महिनामा २१ हजार ५ सय सवारीसाधनमाथि कारबाही, ८४ लाख बढी राजस्व संकलन

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

महोत्तरीमा कात्तिकदेखि पुससम्म २१ हजार पाँच सय सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो ३ महिनामा ट्राफिक कारबाहीबाट मात्र ८४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय महोत्तरीले जनाएको छ ।



कारबाहीमा पर्नेमा लाइसेन्स तथा कागजपत्र नभएकादेखि दुर्घटनामा संलग्न सवारीसाधनसमेत छन् । यो अवधमिा एक सय ५२ वटा दुर्घटना भए । दुर्घटनामा परी १४ जनाले ज्यान गुमाए भने दुई सय ४२ जना घाइते भए ।

जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार ३० पुरुष, चार महिला र दुईजना बालबालिका गम्भीर घाइते बनेका छन् । एक सय ४३ पुरुष, ६१ महिला र ३८ जना बालबालिका सामान्य घाइते भएका थिए ।

दुर्घटना परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष छन् । पछिल्लो तीन महिनामा घाइते हुनेमा भने महिलाको संख्या अधिक छ । यो अवधिमा ६४ जना महिला घाइते भएका छन् ।

प्रहरीले दुर्घटनालाई नै मध्यनजर गरी कात्तिक महिनामा सात, मंसिरमा ४८ र पुसमा ४२ वटा गरी ९७ वटा सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सक्रियता देखाए पनि तथ्यांकले दुर्घटनामा झन् वृद्धि भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट