कोरोना संक्रमितको रेकर्ड उच्च विन्दुमा, २४ घण्टामा थपिए १२ हजार ८ जनामा संक्रमण-Sutra News

कोरोना संक्रमितको रेकर्ड उच्च विन्दुमा, २४ घण्टामा थपिए १२ हजार ८ जनामा संक्रमण

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजारर १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । आज थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट