नेपाललाई जापानको सहयोगः १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण-Sutra News

नेपाललाई जापानको सहयोगः १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।



२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर गरेका छन् । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

जापानी दूतावासले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको छ । कोभिड १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास जापानले लिएको छ ।

जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट