आज राती वर्षा हुने, मौसम विभागले दियो यस्तो चेतावनी-Sutra News

आज राती वर्षा हुने, मौसम विभागले दियो यस्तो चेतावनी

मंगलबार, ११ माघ २०७८

मंगलबार, ११ माघ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  राती केही ठाउँहरुमा वर्षा हुने आंकलन गरेको छ ।



विभागले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार भोलि बुधबार देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहने भएको छ ।

मौसम विभागले भनेको छ, ‘ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट