युक्रेन संकट : अमेरिकी सैनिक अलर्ट, रुसले भन्यो – चिन्ता बढाउने कदम-Sutra News

युक्रेन संकट : अमेरिकी सैनिक अलर्ट, रुसले भन्यो – चिन्ता बढाउने कदम

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

रूसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ ।



युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्रि पेसकोवले युक्रेन संकटलाई रुसले नभइ अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए ।

यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा रखेको र पूर्वी युरोप तर्फ जहाज र लडाकु विमान पठाइन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो ।

अमेरिका र यूरोपका केही देशले रूसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालनमाथि प्रश्न उठाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट