भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ ।
दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ ।
मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ । गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र दरमा तिव्र रुपमा कमी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।