अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो-Sutra News

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

अर्घाखाँचीमा कोरोना भाइरसकाे सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ । मंगलबार ३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय  संक्रमितको संख्या २ सय १६ पुगेको हो ।



सन्धिखर्क नगरापालिकामा १४, भूमिकास्थानमा ६, मालारानी गाउँपालिकामा १, शितगंगा नगरपालिकामा ७ र पणिनी गाउँपालिकामा ३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ७ सय ४२ पुगेको छ । काेराेनाबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट