पाँच दिनअघि फ्लोरिडामा डुंगा डुब्दा हराएका ३९ जनाको अवस्था अझै अज्ञात-Sutra News

पाँच दिनअघि फ्लोरिडामा डुंगा डुब्दा हराएका ३९ जनाको अवस्था अझै अज्ञात

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक अधिकारीहरुले जनाएका छन् ।



एक माझीले मंगलबार डुंगामा झुन्डिएका एक व्यक्तिलाई देखेपछि डुंगा दुर्घटना भएको सार्वजनिक भएको थियो । दुर्घटनमा बाँचेका ती व्यक्तिका अनुसार बाहामासको बिमिनीबाट शनिबार एउटा समूह डुंगामा चढेको थियो । पहिचान नखुलेका ती व्यक्तिका अनुसार कुनै पनि यात्रुले लाइफ ज्याकेट लगाएका थिएनन् ।

बिमिनी टापु बाहामासको सुदूरपश्चिम क्षेत्र हो, जुन मियामीबाट केबल ८० माइल दूरी टाढा पर्छ

डुंगामार्फत मानव तस्कर गरिएको हुनसक्ने तटीय अधिकारीहरुले अनुमान गरेका छन् । मियामीको तट रक्षक निकायले पानी जहाज र विमानमार्फत समुद्रमा डुबेका मानिसहरुको खोजी गरेको जनाएको छ ।

शनिबार दुर्घटना भएको सो डुंगाका यात्रुमध्ये मंगलबारसम्म कुनै पनि जीवित फेला नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट