एनआरएनएको विवाद समाधान गर्न पूर्व अध्यक्षहरुको सक्रियता-Sutra News

एनआरएनएको विवाद समाधान गर्न पूर्व अध्यक्षहरुको सक्रियता

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनको लागि प्रतिनिधि विवाद मिलाउन संघका अग्रजहरु सक्रिय भएर जुटेका छन् । संस्थापक अध्यक्षदेखि अन्य पाँच पूर्व अध्यक्षहरु हिजो राजधनी काठमाडौंको हायात होटलमा भेला भई विवादमा समाधानको प्रयासमा सक्रिय भएका हुन् । संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित कार्यदलको म्याद १० दिन थप गरी समस्या समाधानको उपाय निकाले संघले जनाएको छ ।



कार्यदलको मंगलबार बसेको बैठकमा समस्या समाधानको विषयमा कुराकानी भएको थियो । हिजोको बैठकमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त तथा कार्यदलका अध्यक्ष शेष घलेको उपस्थिति रहेको थियो । एनआरएनएको विवाद समाधान गर्न पूर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा कार्यदल गठन गरिएको छ ।

मंगलवार दिउसो बसेको कार्यदलको बैठकमा संयोजक घलेले थप समयको माग गरे पछि १० को लागि म्याद थपिएको एनआरएनएका संस्थापक उपेन्द्र महतोले जानकारी दिए । हिजोको बैठकले प्रतिनिधि विवादमा देखिएका कानुन सम्बन्धी समस्या समाधान गर्न कानुनी परामर्श समिति र एमआइएस (मेम्बर इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्ने प्राविधिक समिति बनाउने निर्णय गरिएको एनआरएनएले जनाएको छ ।

१५ जनवरीमा बसेको संघको ८१ औं बैठकले पूर्वअध्यक्ष घलेको नेतृत्वमा ७ सदस्यीय निर्वाचन उपसमिति गठन गरेको थियो । पूर्व अध्यक्षहरु सहभागी कार्यदलले उचित निकास निकाल्ने विश्वास विश्वभर छरिएर रहेका गैर आवासिय नेपालीहरुले गरेका छन् ।

                                                                                                                                          तस्विर सौजन्यः नेपाल ब्रिटेन डटकम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट