दश बर्षको अवधिमा २७ लाख जनसंख्या वृद्धि, पुरुष भन्दा महिला ६ लाखले बढी-Sutra News

दश बर्षको अवधिमा २७ लाख जनसंख्या वृद्धि, पुरुष भन्दा महिला ६ लाखले बढी

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।



१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो ।

विभागका अनुसार, यस पटक जनसङ‍्ख्या वृद्धिदर पनि घटेको छ । अहिले जनसङ‍्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा जनसङ‍्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो । बिक्रम संबत् १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ । वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो ।

अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको विभागले जनाएको छ । जसमा महिलाको संख्या पुरूषभन्दा ६ लाख बढी रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट