भारतको ७३ औं गणतन्त्र दिवसः सन् १९५० देखि सांस्कृतिक र सैन्य तामझामबीच मनाईंदै-Sutra News

भारतको ७३ औं गणतन्त्र दिवसः सन् १९५० देखि सांस्कृतिक र सैन्य तामझामबीच मनाईंदै

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ ।



भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा स्वतन्त्र दिवस मनाउँछ भने संविधान लागू भएको दिन अर्थात २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । स्वतन्त्र भएको केही दिनमै अर्थात २९ अगस्टमा स्वतन्त्र भारतका लागि संविधानको मस्यौदा तयार गर्न एउटा समिति गठन भएको थियो । सोही वर्षको ४ नोभेम्बरमा समितिले संविधानको मस्यौदा तयार पारेर संविधान सभामा पेस गरेको थियो । संविधानलाई अन्तिम रुप दिन झन्डै दुई वर्षसम्म संविधान सभाको अनगिन्ति वैठक बसेको थियो ।

मस्यौदमा वृहत छलफल र केही परिमार्जनपछि सन् १९५० को २४ जनवरीमा संविधान सभाका ३०८ सदस्यहरुले सम्झौताको एउटा मूल पाठमा हस्ताक्षर गरेका थिए । मूल पाठ अंग्रेजी र नेपाली दुई भाषामा थियो । त्यसको दुई दिनपछि सो संविधान कार्यन्वयनमा आएको थियो । सोही दिन डा. राजेन्द्र प्रसाद राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल सुरु गरेका थिए ।

सन् १९५० मा औपचारिक रुपमा ग्रहण गरिएको भारतको संविधानले व्रिटीश उपनिवशेकालीन गभर्मेन्ट अफ इन्डिया एक्ट, (सन् १९३५) लाई औपचारिक रुपमा विस्थापित गरेको थियो । संविधान कार्यान्वयनसँगै भारत संक्रमणकालबाट सार्वभौमसत्ता सम्पन्न गणतान्त्रिक  देश बनेको थियो ।

भारतको गणतन्त्र दिवसबारे केही रोचक तथ्य

–भारतमा सन् १९५० देखि सन् १९५४ मा गणतन्त्र दिवसको परेड इरविन रंगशाला (अहिलेको राष्ट्रिय रंगशाला)मा मनाइन्थ्यो ।

–सन् १९५५ देखि भने गणतन्त्र दिवस राजपथमा मनाउदै आएको छ । कुनै बेला दरबारमार्गसमेत भनिने राजपथ भारतका तत्कालिन सम्राट जर्ज पाँचौको सम्झनामा राखिएको हो । भारत स्वतन्त्र भएपछि मात्र त्यसको नाम राजपथ राखिएको थियो ।

–हरेक गणतन्त्र दिवसमा विदेशका राष्ट्रप्रमुख वा सरकार प्रमुख अतिथिको रुपमा सहभागी हुने परम्परा छ । सन् १९५० मा पहिलो गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नो प्रमुख अतिथि थिए । सन् १९५१ मा दोस्रो गणतन्त्र दिवसमा नेपालका राजा त्रिभुवन वीर विक्रम शाह देव प्रमुख अतिथि थिए । तर, कोभिड महामारीका कारण यस वर्षको गणतन्त्र दिवसमा कुनै विदेशी अतिथिलाई बोलाइएको छैन् । यसअघि पनि कोभिडकै कारण सन् २०१९ र सन् २०२० का गणतन्त्र दिवसमा पनि विदेशी अतिथि बोलाइएन ।

–राजपथमा राष्ट्रपतिको आगमनसँगै परेड सुरु हुन्छ । राष्ट्रपति भवनदेखि इन्डिया गेट हुँदै रेड फोर्टसम्म परेड हुन्छ । त्यसपछि राष्ट्रपतिले झन्डोत्तलन गर्छन् । राष्ट्रिय गानपछि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट