इजिप्ट र गिनी क्वाटरफाइनलमा-Sutra News

इजिप्ट र गिनी क्वाटरफाइनलमा

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।



अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोराेक्को अन्तिम आठमा पुगिसकेको छ ।

मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेकाे छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेकाे हाे ।  अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट