प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।
बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’
उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।
‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले भनेका छन् ।
सतर्क होऔं !
राष्ट्रियसभाको हिजो संपन्न निर्वाचनबाट
अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकियो।
चौतर्फी घेरा तोडेर विजयी सोनाम गेल्जेन शेर्पालाई हार्दिक बधाई !
एमालेका संपूर्ण प्रतिष्पर्धी उम्मेदवार तथा सहयोगी सबैलाई धन्यवाद !— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) January 27, 2022